नबिल बैंकले लकर स्थानान्तरण गर्ने, ग्राहकलाई गर्यो यस्तो आग्रह

३१ जेष्ठ २०८०, बुधबार १०:५१

काठमाडौं । नबिल बैंकले चाबहील शाखामा रहेको लकर सेवा स्थानान्तरण गर्ने भएको छ ।

बैंकले प्रकाशित गरेको सूचना अनुसार बैंकको चाबहील शाखामा रहेको लकर शोही शाखाको भुई तालाबाट पहिलो तालामा स्थानान्तरण हुने भएको छ । बैंकले असार ५ गतेदेखि संचालनमा आउने गरी लकर स्थनान्तरण गर्ने भएको हो ।

उक्त शाखा कार्यालयमा रहेको लकरमा ग्राहकले कुनै टुटफुट हुने सामानहरु राखेको भएमा लकर सार्नु अगावै असार ४ गते सोमबारको दिनसम्ममा सोही शाखा कार्यालयबाट कार्यालय समयभित्र निकाल्न हुन बैंकले आग्रह गरेको छ ।

अन्यथा लकर स्थानान्तरण गर्दा लकरमा भएका सामानहरुमा कुनै क्षति पुग्न गएमा बैंक जिम्मेवार नरहने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*