गुडविल फाइनान्सको वार्षिक साधारण सभा असार २१मा, बुकक्लोज कहिले ?

काठमाडौं । गुडविल फाइनान्सले आफ्नो २८औँ वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको आज दिउँसो ३ बजे बसेको संचालक समितिको बैंठकको निर्णयले सभा आउँदो असार २१ गते आह्वान गरेको हो । सभा विहान ११ बजेदेखि संचालन हुने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ ।
सभाले लेखा परिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८।७९ को नाफा– नोक्सान हिसाब र नगद प्रवाह विवदरण स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।
साथै, सभाले लेखा समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।
कम्पनीले वार्षिक साधारणसभा प्रयोजनार्थको लागि आउँदो असार १२ गतेदेखि असार २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार ११ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउँछन् ।
18th haina 28th AGM ho