स्वाभिमान लघुवित्तले माग्यो ठूला संख्यामा कर्मचारी, यसरी दिनुस् आवेदन

३२ जेष्ठ २०८०, बिहीबार ११:४२

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा ११ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले प्रबन्धकमा २ जना, कनिष्ठ अधिकृतमा २ जना, बरिष्ठ सहायकमा २ जना र सहायकमा ५ जना गरी कुल ११ जनालाई रोजगारको अवसर खुलाएको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार ११ गतेसम्म कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*