सिटी होटलको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
३२ जेष्ठ २०८०, बिहीबार १५:०४

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ५ अंकले बढेर २०४२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार झिनो अंकले बढेसँगै आज पनि सिटी होटलको शेयरमा सकरात्मक सर्किट लागेको छ । यसका साथै, आज अभियान लघुवित्तको ९.२०, बिपिडब्लु लघुवित्तको ८.२०, कालिका लघुवित्तको ८.०६ प्रतिशतले शेयर मूल्य बढेको छ ।