मर्जर प्रक्रियामा रहेका धौलागिरी र खप्तड लघुवित्तका सिइओहरुको कति छ तलव भत्ता ?

३२ जेष्ठ २०८०, बिहीबार १६:४९

काठमाडौं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर सम्झौतालाई नेपाल राष्ट्र बैंकले समेत अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । यी दुबै संस्थाले बैशाख १६ गतेका दिन सम्पन्न वार्षिक साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेका हुन् ।

धौलागिरी लघुवित्तको बैशाख १६ गते भएको वार्षिक साधारण सभाले पारित गरेको प्रतिवेदन अनुसार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले वार्षिक तलब भत्ता बापत २२ लाख ४६ हजार ४ सय रुपैयाँ बुझेका छन् । त्यस्तै, संस्थाका संचालकहरुले प्रति बैठक ३ हजार रुपैयाँका दरले कुल १ लाख ६८ हजार ३ सय रुपैयाँ बुझेका छन् ।

त्यस्तै, खप्तड लघुवित्तको बैशाख १६ गते भएको वार्षिक साधारण सभाले पारित गरेको प्रतिवेदन अनुसार संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले तलव भत्ता वापत वार्षिक रुपमा १४ करोड १७ लाख रुपैयाँ बुझेका छन् । त्यस्तै, संस्थाको संचालक समितिका अध्यक्ष सहित संचालकहरुले कुल बैंठक भत्ता वापत १ लाख ६९ हजार रुपैयाँ बुझेका छन् ।

धौलागिरी लघुवित्तको रजिष्ट्रर्ड कार्यालय बागलुङ नगरपालिका वडा नम्बर २ मा रहेको छ र खप्तड लघुवित्तको रजिष्टर्ड कार्यालय गोदावरी नगरपालिका वडा नम्बर १ कैलालीमा रहेको छ ।

दुबै वित्तीय संस्थाले आफ्नो साधारण सभाबाट निर्णय गरे बमोजिम धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको कायम हुने शेयर स्वाप अनुपात १ः०.७५ अनुसार शेयर पुँजी मिलान गनुपर्ने छ ।

शेयर स्वाप अनुपातको आधारमा तय हुने शेयरलाई साविकका दुबै संस्थाका सम्पुर्ण शेयरधनीहरु गाभिएर कायम हुने संस्था ‘धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट कारोबार गर्नुपर्ने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*