शेयर बजार राष्ट्र बैंकको चिन्ताको विषय हैन, ब्याज बढाउने वा घटाउने काम गर्ने बिषयमा नियमन गरौः डा.खतिवडा

३२ जेष्ठ २०८०, बिहीबार १७:२९

काठमाडौं। अर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडाले शेयर बजार राष्ट्र बैंकको चिन्ताको विषय नभएको बताएका छन् ।

नेपाल व्यवस्थापन संघ (म्यान)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

डा.खतिवडाले निक्षेपको ब्याज एकल अंकमा राख्न र स्प्रेडदर ४ प्रतिशतभन्दा नघटाउन सुझाव दिए ।मैले स्प्रेड दर ९ बाट ५ प्रतिशतमा झारें । तपाईंहरुले ४ मा झार्नुभो’ उनले भने, ‘अब नघटाउनुस् । ४ मा हुँदा १०/१२ प्रतिशत प्रतिफल छ, त्यति रहन दिनुपर्छ ।’

डा.खतिवडाले सिआरआर चलाउन नहुने, सिडी आफैले ९० प्रतिशत राखेकाले त्यसमा केही गर्न नसक्ने भन्दै यसतर्फ ध्यान दिन आग्रह समेत गरेका छन् ।उनले कार्यक्रमम बोल्दै बैंकहरूबीच प्रतिस्पर्धा हुन्छ भनेर लाइसेन्स दिएको हो। तर, अहिले बैंक आफूहरू बसेर ब्याज बढाउने वा घटाउने काम गरिरहेका छन् । यस्तो गर्न रोक्न राष्ट्र बैंकलार्य सुझाव समेत दिएका छन् ।

सेयर बजार राष्ट्र बैंकको चिन्ताको विषय नभएको उनको भनाइ छ।बैंकको मिलिभगतले अर्थतन्त्र समस्यामा परेको बताएका छन्। बैंकहरू मिलेर अहिले कार्टेल गर्न थालेको खतिवडाले दाबी गरेका छन्।

नेपाल व्यवस्थापन संघले बिहीबार राजधानीमा आयोजना गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीति छलफल कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले ब्याज बढाउने, घटाउने वा स्थिर राख्ने काम बैंकलाई छाड्न नहुने बताए। मुद्दतीको ब्याज एकल अंकमा राख्नुपर्छ। तर, कर्जाको ब्याज १३/१४ प्रतिशतमै राख्नु पर्ने खतिवडाको सुझाव छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*