लाभांश प्रस्तावसहित सामुदायिक लघुवित्तद्वारा साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

१ असार २०८०, शुक्रबार ०९:४४

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ ३२ गते बसेको संचालक समितिको निर्णयले सभा असार २२ गते काभ्रेको धुलिखेल–३ नयाँगाउँमार्गस्थित धुलिखेल लज रिसोर्टमा आह्वान गरेको हो । सभा विहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७८।७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्ने छ । जसमा १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।

सभाले बोनस शेयर वितरणपछि संस्थाको जारी र चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने छ ।

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्ने र संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले अन्य लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। बिपिडब्लु लघुवित्तसँगको मर्जर कार्यको प्रक्रिया अगाडि बढाउने सञ्चालक समितिको निर्णय सभाले पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असार १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ असार १३ गतेसम्म कायम शेयरधनीहरुमात्रै लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*