एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति पाइन्छ ब्याज ?

१ असार २०८०, शुक्रबार १४:५२

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने गरि ब्याजदर सार्वजनिक गरेको हो ।

बैकले असार महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० र अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।

बैंकले मुद्दति निक्षेपमा भने संस्थागत तर्फबाट ७.९९ र ब्यक्तिगत तर्फबाट ९.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले रेमिट्यान्स बचत खातामा भने १०.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

एन आई सी एशिया बैंकको नयाँ ब्याजदर तालिका सार्वजनिक  - Interest Rates -

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*