माछपुच्छ्रे बैंक भारतको इन्फोसिस् फिनाकल कम्पनीबाट सम्मानित
१ असार २०८०, शुक्रबार १४:५५

काठमाडौं। माछपुच्छ्रे बैंक लिमिटेड भारतको इन्फोसिस् फिनाकल कम्पनीबाट सम्मानित भएको छ ।डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गरेको भन्दै भारतको ब्याग्लोरस्थित इन्फोसिस् फिनाकलले बैंकलाई सम्मानित गरेको हो ।
यससँगै बैंकलाई ‘इन्फोसिस् फिनाकल इनोभेसन अवार्ड, २०२३–म्याक्सिमाइजिङ्ग कस्टुमर इन्गेजमेन्ट–गोल्ड’ नामक पुरस्कारबाट सम्मानित गरिएको हो । डिजिटल बैंकिङ्गमा सफलता हासिल गरेको भन्दै बैंक उक्त पुरस्कारबाट सम्मानित भएको हो ।