यो साता लघुवित्त कम्पनीहरुको शेयर कारोबार अधिकांशको घट्यो, यी हुन् सर्वाधिक मूल्यका कम्पनीहरु (एलटीपी सहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन सम्ममा अधिकांश लघुवित्त कम्पनीरुको शेयरमूल्यमा सामान्य गिरावट आएको छ ।
साता कारोबारको अन्तिम दिनमा शेयर बजार ५ अंकले बढेर २०४२ को विन्दुमा कायम भएको छ । कारोबार साताको अन्तिम दिनसम्ममा माइक्रोफाइनान्स उपसुचक ०.५७ प्रतिशतले अर्थात २१.७६ रुपैयाँले घटेर ३८०३ को विन्दुमा कायम भएको छ ।
साता कारोबारको अन्तिम दिनसम्ममा कुल ५० वटा लघुवित्तहरुको कारोबार भएको छ । यस अवधिसम्ममा कारोबार भएका लघुवित्त मध्ये १९ वटा संस्थाको शेयरमूल्य बढेको छ भने बाकि रहेका ३१ वटा लघुवित्त संस्थाको शेयरमूल्य घटेको छ ।
साता कारोबारको अन्तिम दिनसम्ममा मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । अन्तिम कारोबारमा संस्थाको शेयरमूल्य ८.४६ प्रतिशत अर्थात ५६ रुपैयाँले बढेर ७१६ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, बिपिडब्लु लघुवित्तको शेयरमूल्य ६.०७ प्रतिशतले बढेर २७ रुपैयाँले बढेर ४७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बिहीबार युनिक्यू नेपाल लघुवित्तको ३.३३ प्रतिशत, एनएमबि लघुवित्तको २.६२ प्रतिशत, नेशनल माइक्रोफाइनान्सको १.६१ प्रतिशत, कालिका लघुवित्तको १.५६ प्रतिशत र छिमेक लघुवित्तको १.३ प्रतिशतले शेयरमूल्य बढेको छ । यी कम्पनी बाहेका अन्य शेयरमूल्य बढेका कम्पनीहरुमध्ये अन्य कम्पनीको शेयरमूल्य १ प्रतिशतभन्दा कमले शेयरमूल्य बढेको छ ।
साता कारोबारको अन्तिम दिनमा मर्जर प्रक्रियाको अन्तिम चरणमा रहेको खप्तड लघुवित्तको शेयरमूल्य ३.९४ प्रतिशतले घटेर ८६६ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, उपकार लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, धौलागिरी लघुवित्त, गुराँस लघुवित्त लगायत अन्य संस्थाहरुको शेयरमूल्य घटेको छ ।