समीट लघुवित्तको बार्षिक साधारणसभा आज, लाभांश र मर्जर प्रस्ताव मुख्य एजेण्डा

३ असार २०८०, आईतवार ०८:२८

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा आज बस्दैछ ।जेठ १३ गतेको सञ्चालक समितिको बैठकले अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमा आज बस्दैछ । सभाले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लाभांश प्रस्तावलाई समेत अन्तिम रुप दिने कार्यक्रम रहेको छ ।

कम्पनीले यस वर्ष हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले यस वर्ष रू. ७ करोड ५ लाख २६ हजार बराबरको लाभांश वितरण गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ४० लाख रहेको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २५ दशमलव २९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस वर्षको बोनस शेयरपछि कायम हुने शेयरपूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस कम्पनीले मर्जरपछि कायम हुने शेयर स्वामित्वमा सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात न्यूनतम ३० प्रतिशतभन्दा कम हुने हुँदा कम्पनीले एफपीओ जारी गर्ने भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*