नाडेप लघुवित्तको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन पाउछन् आवेदन ?
३ असार २०८०, आईतवार ०९:१३

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले करिव ७ हजार ५ सय ९० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । जसमा संस्थापक शेयरधनी रुद्र प्रसाद दहालको ६ हजार ७२ कित्ता र भरत प्रसाद उपाध्यायको १ हजार ५१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
उक्त शेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालय गजुरी धादिङमा आवेदन दिन सक्नेछन्।
तोकिएको म्यादभित्र संस्थापकहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।