मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने
३ असार २०८०, आईतवार ०९:५९

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले २९ हजार १६२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका संस्थापक शेयरधनीले शेयर बिक्रीको लागि आवेदन दिएपश्चात सो वापतको शेयर बिक्रीमा ल्याएको बैंकले जनाएको छ ।
उक्त शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गरेतापनि शेयर खरिदमा कुनै पनि आवेदन नपरेको भएर उक्त शेयरमा जो कोहि व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन् ।
उक्त शेयर खरिदको लागि सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान ११ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आवेदन दिन सक्नेछन् ।