ग्रीन डेभलपमेन्ट बैंकद्वारा उच्च पदमा कर्मचारी माग

३ असार २०८०, आईतवार १३:४५

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले नायब प्रमूख कार्यकारी अधिकृत पदमा १ जना कर्मचारी माग गरेको छ ।

बैंकले एक सूचना प्रकाशित गर्दै सो पदमा अनुुभवि र क्षमतावान कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो ।

बैंकका अनुसार सो पदमा आवेदन दिनको लागि उम्मेदवारले व्यवस्थापन, वित्तीय, विजनेश, प्रशासनिक तथा अर्थशास्त्र लगायतका विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले बैंकको वेभसाइट  https://www.greenbank.com.np/job-apply/7 मार्फत आवेदन दिन सक्ने प्रकाशित सूचना मार्फत जानकारी दिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*