आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
३ असार २०८०, आईतवार १५:१३

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार आज ५२.२६ अंकले बढेर २०९४ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा हरियाली छाएतापनि केही कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । आज शुभम पावर लिमिटेडको शेयरमूल्यमा सामान्य गिरावट आएको छ ।
त्यस्तै, आज सिटिजन्स् म्युचुुअल फण्ड, अभियान लघुवित्त, भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी, मकर जितुमाया हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।