समीट लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र एफपीओ प्रस्ताव पारित

४ असार २०८०, सोमबार १०:४५

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष तिर्थराज ढकालको अध्यक्षतामा अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमामा असार ३ मा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष ०७८÷७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ साथै लाभांश प्रस्तावलाई समेत अन्तिम रुप दिएको छ ।

कम्पनीले यस वर्ष हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले यस वर्ष रू. ७ करोड ५ लाख २६ हजार बराबरको लाभांश वितरण गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ४० लाख रहेको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २५ दशमलव २९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस वर्षको बोनस शेयरपछि कायम हुने शेयरपूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस कम्पनीले मर्जरपछि कायम हुने शेयर स्वामित्वमा सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात न्यूनतम ३० प्रतिशतभन्दा कम हुने हुँदा कम्पनीले एफपीओ जारी गर्ने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*