ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

४ असार २०८०, सोमबार १०:५८

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको आंशिक वा पुरा शेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा के कति शेयर कित्ता शेयर खरिद गर्ने हो खुलाएर आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार विद्यमान संस्थापक शेयरधनीहरुबाट तोकिएको समयमा कुनै पनि आवेदन नपरेमा निर्देशिका बमोजिम सो शेयर अन्य व्यक्ति वा संस्था जो कोहीलाई बिक्री प्रक्रिया अगाडी बढाइने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*