नेशनल माइक्रोफाइनान्सको विशेष साधारण सभा सम्पन्न

४ असार २०८०, सोमबार ११:५९

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशब प्रसाद आचार्यको अध्यक्षतामा धादिङ्ग क्रिक रिसोर्ट, धादिङमा असार ३ गते सम्पन्न भएको हो ।

सभाले नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त एक आपसमा गाभ्ने।गाभिने (मर्जर) सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।

साथै, नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच स्वाप रेसियो अनुपात १ः०।७३ कायम गर्ने, मर्जरपछि राष्ट्रिय शिखर सम्मेलन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने लगायतका एजेण्डाहरु पारित गरेको छ ।

संस्थाले विशेष साधारण सभा प्रयोजनको लागि जेठ २५ गतेदेखि असार ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*