समता घरेलु लघुवित्तले एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

४ असार २०८०, सोमबार १४:२३

काठमाडौं । समता घरेलु वित्तीय संस्था लिमिटेडले ३ लाख ३२ हजार ८५६ कित्ता बराबरको एफपीओ निष्काशन गर्ने भएको छ ।

संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज समता घरेलु लघुवित्तको काभ्रेको बनेपास्थित केन्द्रीय कार्यालयमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा समता घरेलु लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्। मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।

संस्थाले प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर संरचना अनुपात संस्थापकको ७० र सर्वसाधारणको ३० कायम हुनेगरी गरी जारी हुन बाँकि शेयर ३ लाख ३२ हजार ८५६ कित्ता बराबरको एफपीओ निष्काशन गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*