धितोपत्र बोर्डद्वारा साना किसान विकास र आरएमडिसी लघुवित्तलाई मर्जरको अन्तिम स्वीकृति प्रदान

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तललाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ ।
संस्थाहरुले जेठ ३० गते गाभ्न गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिको लागि संयुक्त रुपमा बोर्डलाई निवेदन दिएको थियो ।
साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तबीच गत भदौ २ गते सम्झौता भएको थियो । दुवै लघुवित्त १००ः८७ को स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् आरएमडिसी लघुवित्तको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन् ।
मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाका नामबाट एकीकृत कारोबार हुनेछ । मर्जपछि बन्ने संस्थाको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
sana kishan bikash +rmdc