एनआईसी एशिया लघुवित्तद्वारा १५५ जना कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर

६ असार २०८०, बुधबार १२:३९

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै ६ पदमा १५५ जना कर्मचारी माग गरेको हो ।

संस्थाले सहायक प्रबन्धकमा ७ जना, वरिष्ठ अधिकृत तथा अधिकृतमा १८ जना, सुपरभाइजर, वरिष्ठ सहायक र सहायक पदमा ३० जना र प्रशिक्षार्थीमा १०० जना कर्मचारी माग गरेको छ ।

सस्थाले सबैभन्दा धेरै प्रशिक्षार्थी सहायकमा १०० जना कर्मचारी भर्ना गर्न लागेको छ । सो पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र वा प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले १५ दिनभित्र संस्थाको वेभसाईट  https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन  सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*