साना किसान र आरएमडीसी लघुवित्तको एकीकृत कारोबारको मिति तय

८ असार २०८०, शुक्रबार १०:२५

काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तको एकीकृत कारोबार असार २४ गतेबाट सूरु हुने भएको छ । दुवै संस्थाहरुलाई राष्ट्र बैंकले जेठ २४ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तबीच गत भदौ २ गते सम्झौता भएको हो । दुवै लघुवित्त १००ः८७ को स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् आरएमडिसी लघुवित्तको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन् ।

मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाका नामबाट एकीकृत कारोबार हुनेछ । मर्जपछि बन्ने संस्थाको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*