असारभित्र ब्याज तिरेमा कृषि विकास बैंकले ७ प्रतिशत छुट दिने

८ असार २०८०, शुक्रबार १४:४४

काठमाडौं। कृषि विकास बैंकवाट कर्जा लिई कारोवार गरिरहेका कर्जा ग्राहकहरुलाई असार मसान्त सम्म बैंकलाई बुझाउनु पर्ने सम्र्पुण व्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको व्याज रकममा ७ प्रतिशत छुट हुने भएको छ । यस सम्वन्धी थप जानकारीका लागि आफुले कारोवार गरिरहेको कृषि विकास बैंकको शाखामा सम्र्पक गर्न समेत बैँकले आह्वान गरेको छ ।

पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएका विभिन्न समस्याका कारण बैंकवाट कर्जा लिई कारोवार गरिरहहेका व्यवसायीहरुको व्यययोग्य आयमा भएको कमीका कारण कर्जा असुलीमा समस्या परेको तथा कर्जा ग्राहकहरुले यस्तो विषम परिस्थितिमा बैंकले प्रदान गरेको छुट सुविधावाट केही भएपनि राहत महसुस गरुन भनी बैंकले यो प्याकेज ल्याएको बताएको छ । विशेष गरी दुर्गम तथा ग्रामीण इलाकामा बसोवास गर्ने र कृषि पेशामा आवद्ध परिवारमा बैंकको कर्जा वढी लगानी रहेकोले त्यस्ता खालका ग्राहकहरुले यस छुट सुविधावाट लाभ लिन सक्ने तथा यो व्यवस्थामा बैँकले तोकेका शर्तहरु समेत लागु हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*