विन नेपाल लघुवित्तको आठौं वार्षिक साधारणसभा सम्पन्न

११ असार २०८०, सोमबार १६:५५

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष मदन गोपाल श्रेष्ठको अध्यक्षतामा सभा फिस स्टेशन एन्ड रिसोर्ट, बनेपा १२ साँगामा आज सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गरेको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७९।८० को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र त्यसको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले असार ५ गतेदेखि १० गतेसम्म बुक क्लोज गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*