आजसम्म कायम शेयरधनीले बिपिडब्लु लघुवित्तको चौथो वार्षिक साधारणसभामा सहभागि हुन पाउने

११ असार २०८०, सोमबार १७:१२

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा प्रयोजनको लागि कम्पनीले असार १२ गतेको दिन बुकक्लोज गर्ने भएकोले असार ११ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन् ।

संस्थाले आफ्नो चौथों वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको असार ३ गते बसेको संचालक समितिको बैंठकको निर्णयले सभा यहि असार २६ गते होटल ले बगैचाको सभा हल जावलाखेल ललितपुरमा आह्वान गरेको हो । सभा विहान ११ बजे बस्ने छ ।

सभाले सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको मर्जरसम्बन्धि प्रस्ताव अघि सारिएको छ । सभाले सामुदायिक लघुवित्तसँगको मर्जरसम्बन्धि निर्णयलाई अनुमोदन गर्ने छ भने मर्जरको अन्तिम सम्झौता गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

मर्जरको लागि राष्ट्र बैंक, कम्पनी रजिस्ट्रार कार्यलय तथा नेपाल धितोपत्र बोर्डको अनुमति लिने तथा आवश्यक अन्य कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*