कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

१२ असार २०८०, मंगलवार ०९:५३

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ लाख १६ हजार १४० कित्ता शेयर आज (असार १२ गते) बाट बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापकसँगै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । यसको अर्थ खरिद आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्ने बैंकले जनाएको छ ।

उक्त शेयर खरिको लागि लगानीकर्ताले असार १८ गतेसम्म बिक्री प्रबन्धक बीओके क्यापिटलको काठमाण्डौको नक्सालस्थित कार्यालयमा बोलपत्र पेस गर्न सकिने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*