उन्नति सहकार्य लघुवित्तले खुलायो ४१ जनालाई रोजगारको अवसर, एसएलसी पासलाई विशेष अवसर

१२ असार २०८०, मंगलवार १०:३८

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा ४१ जना कर्मचारी माग गरेको हो ।

संस्थाले सहायक प्रबन्धकमा १ जना, अधिकृतमा ८ जना र सहायकमा ३२ जना कर्मचारीलाई रोजगारको अवसर खुलाएको छ । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले एसइइ देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले संस्थाकोे इमेल ठेगाना मार्फत कार्यालय समयमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*