नेप्सेको त्रुटीः सार्वजनिक बिदाका दिन पनि शेयर बजार खुल्ला

१४ असार २०८०, बिहीबार १२:०७

काठमाडौं ।  सार्वजनिक बिदाका दिन पनि सेयर बजार खुल्ला भएको छ ।सार्वजनिक बिदा दिएको दिन पनि नेप्से खुल्ला भएको कारण लगानीकर्ताहरु आश्चर्यमा परेका छन् ।

इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (ईद उल अहजा) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि नेप्सेको वेवसाइटमा भने बजार खुल्ला भनेर देखाइएको छ । बजार खुला भनेर देखिएपनि कारोबार भने भएको छैन ।

नेप्सेलाई यस बिषयमा सोध्दा प्राविधिक सम्स्याको कारण यस्तो देखिएको जानकारी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*