नासा सेक्यूरिटिज कम्पनीको पोखरामा पनि शाखा विस्तार

१५ असार २०८०, शुक्रबार १०:५६

नासा सेक्यूरिटिज कम्पनीको पोखरामा पनि शाखा विस्तार गरेको छ। कम्पनीले आज असार १५ गते, शुक्रबारदेखि पोखरा ८, न्यूरोडस्थित न्यूरोड कम्प्लेक्सको तेस्रो तल्लामा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

एक समारोहका बीच उक्त शाखा कार्यालयको समुद्घाटन, नासा सेक्यूरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले गरेका थिए । सो समारोहमा पोखरा शाखाका शाखा प्रबन्धक सागर सेढाईंले अन्य स्थानहरुमा जस्तै पोखरामा पनि राम्रो सेवा दिने बताए । उनले सो शाखा कार्यालयमार्फत धितोपत्र खरिदबिक्री, डिपी सेवा तथा मार्जिन ट्रेडिङ्गको सेवा प्रदान गर्ने जानकारी पनि दिए ।

यस अघि नासाले काठमाडौँको नक्सालस्थित प्रमुख कार्यालय तथा विरगञ्ज र जनकपुर शाखा कार्यालयबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*