यसै साता सार्वजनिक हुदै एसईईको नतिजा

१८ असार २०८०, सोमबार ०९:५५

काठमाडौं । एसईईको नतिजा यसै साता सार्वजनिक हुने लगभग निश्चित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको नतिजा यहिँ शनिबारसम्ममा प्रकाशित गर्ने भएको हो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको छ । एसईई परिक्षा गत चैत १७ गतेदेखि चैत २९ गतेसम्म चलेको थियो । परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी भएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*