३५ दिनभित्र कर्जा चुक्ता गर्न माछापुच्छ्रे बैंकले जारी गर्यो सूचना

१९ असार २०८०, मंगलवार १४:२५

काठमाडौं । माछापुच्छ्रे बैंकले उल्लेखित ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न सूचना जारी गरेको छ ।मंगलबार एक सूचना जारी गर्दै बैंकले उल्लेखित ऋणीहरुले कर्जा चुक्तामा बेवास्ता गरेको र पटक पटक सूचना जारी गर्दा समेत कर्जा चुक्ता गर्न अटेर गरेको भन्दै ३५ दिनभित्र कर्जा चुक्ता गर्न सूचना जारी गरेको हो ।

उक्त समयावधिमा पनि ऋणीहरुले कर्जा चुक्ता नगरे ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर गर्ने तथा जमानतकर्ताहरुलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समेत राख्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*