दोस्रो बजारमा एकैदिन कारोबार खुलेको रावा इनजीमा सकारात्मक सर्किट, मोदी ईनर्जीमा नकारात्मक सर्किट

२० असार २०८०, बुधबार १२:४०

काठमाडौं ।  नेप्सेमा सूचीकृत भई आजदेखि पहिलो पटक शेयर कारोबार खुलेका २ कम्पनीमध्ये एकमा पोजिटिभ सर्किट लागेको छ भने अर्को कम्पनीमा नेगेटिभ सर्किट लागेको छ ।

मंगलबार रावा इनर्जी डेभलपमेन्ट लिमिटेड(नेप्से सिम्बोल आरएडब्लुए) र मोदी ईनर्जी लिमिटेड(एमईएल)को साधारण शेयर नेप्सेमा सूचीकरण भएसँगै आजदेखि नियमित कारोबार भइरहेका ती २ कम्पनीमध्ये रावा इनर्जी डेभलपमेन्टमा पोजिटिभ सर्किट र अर्को मोदी इनर्जी लिमिटेडमा नेगेटिभ सर्किट लागेको हो ।

नेप्सेका अनुसार रावा इनर्जी प्रतिकित्ता रु.२४९.३० मा पहिलो कारोबार खुलेर ९.९९ प्रतिशतले शेयरमूल्य वृद्धि भई रु.२७४.२० पुगेको छ । तर आजदेखि कारोबारमा आएको मोदी इनर्जीको पहिलो कारोबार रु. २७० बाट १० प्रतिशतले शेयरमूल्य घटी रु.२४३ आइपुगेको छ ।

रावा इनर्जीको शेयरमूल्यमा पोजिटिभ सर्किट लाग्दा आपूर्ति शून्य रहेको छ भने माग ८१ हजार कित्ता बढी शेयर माग देखिन्छ । उता मोदी इनर्जीको भने ठीक विपरीत नशेयरमूल्यमा भने नेगेटिभ सर्किट लाग्दा माग शून्य र आपूर्ति झण्डै ७६ हजार कित्ता शेयर आपूर्ति रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*