नेप्सेमा दुई बैंकको ऋणपत्र सूचीकृत, कुनको कति ?

२० असार २०८०, बुधबार १२:४५

काठमाडौं । नेप्सेमा दुई बैंकको ऋणपत्र सूचीकृत भएको छ । बुधबार स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंकको ऋणपत्र सूचीकृत भएको हो ।

स्ट्याण्डर्ड चार्टड बैंकको २४ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । सो बैंकले ५ वर्ष अवधिको १०।३० प्रतिशत व्यजदरमा ऋणपत्र जारि गरेको थियो । सोही ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै एनएमबि बैंकको ४० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । सो बैंकले १० वर्ष अवधिको १०।७५ प्रतिशत व्यजदरमा ऋणपत्र जारि गरेको थियो । सोही ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*