धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको एकीकृत कारोबार शुभारम्भ

२० असार २०८०, बुधबार १४:३३

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाले आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेको छ । संस्थाले आज नेपाल राष्ट्र बैंक, पोखराकी निर्देशक आर्या जोशीले दुई संस्थाहरुएको एकीकृत कारोबार शुभारम्भ गरेकी हुन् ।

दुबै संस्थाबीचको मर्जर सम्पन्न भएर आजदेखि धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सूरु गरेको छ ।धौलागिरी लघुवित्तको र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर स्वाप अनुपात १ः०।७५ हुने गरी दुई लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता भएको थियो ।बोर्डले दुबै कम्पनीले असार ६ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा  र  धौलागिरी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बागलुङ नगरपालिकामा रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*