शेयरबजारमा उच्च अंकको गिरावट, सबै उपसूचकहरु राताम्मे

२० असार २०८०, बुधबार १५:१०

काठमाडौं । साता कारोबारको तेस्रो दिनमा सुधार आएको नेप्सेमा चौथो दिन अर्थात बुधबार उच्च अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै सबै उपसूचकहरुमा रातो पोतिएको छ ।

बुधबार नेप्से ३९.२६ अंकले घटेर दुई हजार ४९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७७ कम्पनीहरको ८० लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ७ करोड ३९ लाख ९२ हजारको कारोबार भएको छ ।

नेप्सेमा गिरावट आएसँगै सबै उपसूचकहरुमा रातो पोतिएको छ । आज सर्वाधिक जीवन बीमा उपसूचक ३.३१ प्रतिशतले घटेको छ भने दोस्रोमा निर्जीवन बीमा उपसूचक २.७५ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*