एकैपटक २०१ वटा मोटरसाइकल किन्दै एनआईसी एशिया बैंक

२० असार २०८०, बुधबार १६:५०

काठमाडौंं । एनआईसी एशिया बैंकले एकैपटकमा २०१ वटा मोटरसाइकल देशैभरिका शाखा कार्यालयहरुका लागि खरिद गर्ने भएको छ ।

बैंकले उक्त संख्यामा मोटरसाइकल खरिद गर्ने गरी बोलपत्र आह्वान गरेको छ । बैंकले मोटरसाइकल आपूर्ति र डेलिभरीका लागि इच्छुक कम्पनी तथा फर्मबाट बोलपत्र पेश गर्न आग्रह गरेको हो ।
इच्छुक कम्पनीले बैंकको केन्द्रिय कार्यालय थापाथली काठमाडौंमा साउन ३ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

सवारी साधनको आपूर्ति र डेलिभरी गर्न इच्छुक कम्पनीले आर्थिक वर्ष ०७८।०७९ सम्म कर तिरेको हुनुपर्ने साथै कम्पनी दर्ता भई कम्तिमा ३ वर्ष काम गरी ३ वटा संस्थासँग कारोबार गरेको हुनुपर्ने र आर्थिक वर्ष ०७८।०७९ मा ५ करोड रुपैयाँ बराबरको वार्षिक कारोबार गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*