एनआईसी एसिया बैंक कारवाहीमा पर्न सक्ने, सेयरको उधारोमा आवेदन स्वीकृत गर्ने प्रवृत्तिमाथि बोर्डले उठायो प्रश्न

२० असार २०८०, बुधबार १७:०१

काठमाडौं। एनआईसी एसिया बैंकले घोराही सिमेन्ट इन्डष्ट्रिको प्राथमिक सेयरमा उधारो आवेदनलाई स्वीकृत गरेको प्रमाण बाहिरिएको छ । बोर्डले बुधबार घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेको सार्वजनिक निष्कासन सम्बन्धमा प्रेस विज्ञप्ती जारी गर्दै एनआईसी एसियाले साधारण सेयरको उधारोमा आवेदन स्वीकृत गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएको छ।

नेपाल धितोपत्र बोर्डले गरेको प्रारम्भिक अनुसन्धानमा एनआईसी एसियाले आवेदनकको खातामा पर्याप्त मौज्दात नभए पनि प्राप्त आवेदनलाई स्वीकृत गरेर उधारो कारोबारलाई बढावा दिएको हो।
सि–आस्बा सदस्यले आवेदनकको खातामा पर्याप्त रकम नभए खातामा पैसा छैन भन्ने जानकारी दिएर आवेदन अस्वीकृत गर्नुपर्नेमा एनआईसी एसियाले खातामा रकम नभइकनै आवेदन स्वीकृत गरेर गम्भीर गल्ती गरेको बोर्डको निष्कर्ष छ।

विज्ञप्तीमा उल्लेख छ, ‘खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदनहरु स्वीकृत भएको हो? सो सम्बन्धमा थप छानबिन गरी आवश्यक कारबाही अघि बढाउने?’ बोर्डका विज्ञप्तीलाई आधार मान्दा एनआइसी एसियाले यस अघि पनि यस्तै गलत कार्य गरेको आशंक गर्न सक्छ।

निष्कासन तथा बिक्री प्रबन्धकले माग भन्दा बढी कित्ता सेयर खरिदका लागि आवेदन परेको अवस्थामा समेत समयावधी थप गर्न सूचना निकालेको प्रति पनि बोर्डले प्रश्न उठाएको छ।
र यस सम्बन्धमा थप छानबिन गर्ने उल्लेख गरेको छ। घोराही सिमेन्ट आवेदन प्रकरणमा बोर्डले थप छानबिनका लागि प्रहरीलाई गुहारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*