शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण बढ्दो, अन्य कुनको कति भयो कारोबार ?

२१ असार २०८०, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार भिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ३९ अंकले घटेको शेयर बजार आज ०.६ प्रतिशतले घटेको छ ।

शेयर बजार झिनो अंकले घटेतापनि शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण आजपनि बढ्दो रहेको छ । कम्पनीको आज ५९७ रुपैयाँका दरले १८ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज प्रभु बैंकको प्रमोटर शेयरको कारोबार पनि सर्वाधिक भएको छ । आज बैंकको १६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसका साथै, हिमालयन लाइफ इन्स्योरेन्स, सिटी होटल र सोल्टी होटलको शेयर आज सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*