सात ब्रोकर कम्पनीलाई सदस्यता प्रदान, कुन-कुन ब्रोकरले पाए ?

२२ असार २०८०, शुक्रबार ०५:१२

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ७ वटा ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको छ। बिहीबार पूर्वाधार निरीक्षण सकिएका ७ वटा ब्रोकर कम्पनीलाई नेप्सेले सदस्यता प्रदान गरेको हो।

नेप्सेले भोला गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोक्रेज लिमिटेड, सन् सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी बिजवार्डलाई नेप्सेले पहिलो चरणमा सदस्यता प्रदान गरेको छ।

यी कम्पनीहरुमध्ये भोला गणेशले ६१, क्यापिटल म्याक्सले ६२, हिमालयनले ६३, सन् सेक्युरिटिजले ६४, सेयरप्रोले ६५, मियो सेक्युरिटिजले ६६ र प्रोपर्टी बिजवार्डले ६७ सदस्यता नम्बर ९ब्रोकर नम्बर० पाएको नेप्सेले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*