नेपालको प्राईभेट बैंकमा पैसा राख्नु सुरक्षित छैन:दुर्गा प्रसाई
काठमाडौं । नेपालको प्राईभेट बैंकहरुमा पैसा राख्नु अब आम जनताको लागि सुरक्षित नरहेको मेडिकल व्यवसायी दुर्गा प्रसाईले बताएका छन्।
बैंकहरुको पनि सहकारीको दिन नआउला भन्न नसक्ने भन्दै प्राईभेट बैंकहरुमा पैसा राख्न सुरक्षित नरहेको उनले बताएका हुन् । आम जनताको सुरक्षाको लागि खोलिएका बैैंकबाटै आम सर्वसाधारण मर्कामा परेको कारण भोलिको दिनमा बैंकहरुको पनि सहकारी झै भाग्ने दिन नआउला भन्न नसक्ने उनले बताएका हुन् ।
बैंकले आफूलाई शोषण गरेको र ठगेको उनले आरोप लगाए । ‘बैंकसँगको सम्झौतामै एमबीबीएसको पहिलो ब्याच भर्ना भएपछि साँवाब्याज भुक्तानी गर्न थाल्ने उल्लेख छ,’ प्रसाईंले भने, ‘तर ममाथि अनेक खालका दबाब सिर्जना गरेर ७० करोड तिर्न बाध्य पारियो ।’
कलेज नै सञ्चालन गर्न नपाएपछि कसरी पैसाको जोहो हुने र कसरी साँबाब्याज भुक्तानी गर्न सक्ने भन्ने विषयमा बैंकहरुले पनि सोच्नुपर्ने र सम्झौताको पालना गर्नुपर्ने दुर्गा प्रसाईंले मात्र नभएर बैंकले पनि गर्नुपर्ने उनले बताए ।
आफूले थालेको अभियानमा पनि बैंकको साँवाब्याज नतिर्ने कुरा कहिले नगरेको उनले बताए । ‘मैले गरिबको कर्जा मिनाहा गरौं मात्र भनेको हुँ,’ उनले भने, ‘मैले आफ्नो मिनाहा गर्नुस् पनि भनेको छैन, तिर्दिन पनि भनेको छैन, निरन्तर तिरिरहेको छु ।’
कुमारी बैंकले भने सम्झौता उल्लंघन गरेर निकासा गर्नुपर्ने कर्जा पनि निकासा नगरेको र महिनौंदेखि झुलाएकाले अदालत जानुपरेको उनले बताए । उनले धितोबन्धक गरिसकेपछि पनि कर्जा निकासा नगरेको र कर्जा निकासा नगर्ने भए धितो फुकुवा माग गर्दा पनि नगरेको जनाए ।
कुमारी बैंकबाट सम्झौताअनुसार कर्जा नपाएको भन्दै प्रसाईंले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेका छन् । उनको मुद्दा उच्च अदालत विराटनगरको इलाम इजलासमा विचाराधिन मुद्धा छ ।
‘यसमा मेरो कुनै गल्ती छ ?’ व्यवसायी प्रसाईंले भने, ‘छ भने सरकारले यो सबै सम्पत्ति आफ्नो बनाओस् तर अस्पताल चल्नुपर्छ, यहाँबाट डाक्टर उत्पादन हुनुपर्छ, वार्षिक ३ सय जना डाक्टर उत्पादन हुँदा १० प्रतिशतका दरले ३० जना गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ । योभन्दा बढी मेरो उद्देश्य छैन ।’
बैंकले आफूलाई शोषण गरेको र ठगेको उनले आरोप लगाए । ‘बैंकसँगको सम्झौतामै एमबीबीएसको पहिलो ब्याच भर्ना भएपछि साँवाब्याज भुक्तानी गर्न थाल्ने उल्लेख छ,’ प्रसाईंले भने, ‘तर ममाथि अनेक खालका दबाब सिर्जना गरेर ७० करोड तिर्न बाध्य पारियो ।’
कलेज नै सञ्चालन गर्न नपाएपछि कसरी पैसाको जोहो हुने र कसरी साँबाब्याज भुक्तानी गर्न सक्ने भन्ने विषयमा बैंकहरुले पनि सोच्नुपर्ने र सम्झौताको पालना गर्नुपर्ने दुर्गा प्रसाईंले मात्र नभएर बैंकले पनि गर्नुपर्ने उनले बताए ।
आफूले थालेको अभियानमा पनि बैंकको साँवाब्याज नतिर्ने कुरा कहिले नगरेको उनले बताए । ‘मैले गरिबको कर्जा मिनाहा गरौं मात्र भनेको हुँ,’ उनले भने, ‘मैले आफ्नो मिनाहा गर्नुस् पनि भनेको छैन, तिर्दिन पनि भनेको छैन, निरन्तर तिरिरहेको छु ।’
कुमारी बैंकले भने सम्झौता उल्लंघन गरेर निकासा गर्नुपर्ने कर्जा पनि निकासा नगरेको र महिनौंदेखि झुलाएकाले अदालत जानुपरेको उनले बताए । उनले धितोबन्धक गरिसकेपछि पनि कर्जा निकासा नगरेको र कर्जा निकासा नगर्ने भए धितो फुकुवा माग गर्दा पनि नगरेको जनाए ।
कुमारी बैंकबाट सम्झौताअनुसार कर्जा नपाएको भन्दै प्रसाईंले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेका छन् । उनको मुद्दा उच्च अदालत विराटनगरको इलाम इजलासमा विचाराधीन छ ।