सामूदायिक लघुवित्त वित्तीय संस्थाको बार्षिक साधारणसभा आज हुँदै, बोनस र नगद लाभांश पारित हुने

२२ असार २०८०, शुक्रबार ०८:३२

काठमाडौं । सामूदायिक लघुवित्त वित्तीय संस्थाको नवौं बार्षिक साधारणसभा आज हुँदैछ । काभ्रेको धुलिखेलस्थित रिसोर्टमा बोलाइएको बार्षिक साधारणसभामा नगद र बोनस शेयर लाभांश बापत वितरण गर्नेसहितका प्रस्तावहरु पारित हुँदैछन् ।

कम्पनीले असार १४ गते कायम रहेका शेयरधनीहरुले उक्त बार्षिक साधारणसभामा भाग लिन पाउनेछन् । कम्पनीको बार्षिक साधारणसभाले पाँच प्रतिशत कर प्रयोजनसहितको नगद लाभांश र १० प्रतिशत बोनस शेयर लाभांश बापत विरतण गर्ने प्रस्ताव पारित गर्नेछ ।

आज विहान ११ बजे सुरु हुने बार्षिक साधारणसभाले उक्त लाभांशहरु पारित गरी आवश्यक कानुनी प्रक्रिया पुरा गरेपछि शेयरधनीको खातामा आउनेछ ।
त्यस्तै, बार्षिक साधारणसभाले वित्तीय विवरण पारित गर्ने तथा नयाँ लेखा परिक्षक नियुक्त गर्ने लगायतका अन्य कामहरु समेत गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*