२१ बाणिज्य बैंकका सिईओसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गर्दै, किन बोलाइयो सिइओहरुलाई निवासमा ?

२२ असार २०८०, शुक्रबार १४:२७

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै वाणिज्य बैंकका सीइओहरुसँग आज भेटघाट गर्ने भएका छन् । गृहमन्त्री श्रेष्ठले आज साँझ पुल्चोकस्थित निजी निवासमा २१ वटै बाणिज्य बैंकका सीइओहरुलाई रात्रिभोजमा डाकेका छन् ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको चुनौतिका विषयमा अनौपचारिकरुपमा जानकारी लिने र समस्याको समाधान गर्ने उदेश्यले बैंकरहरुलाई रात्रिभोजमा बोलाइएको उनको निजी सचिवालयले जनाएको छ ।
पछिल्लो समय ऋणीहरुले असूलीमा गएका बैंकका कर्मचारीलाई धम्क्याउने, आक्रमण गर्ने जस्ता घटना बढेपछि गृहमन्त्रीले सीइओहरुसाग डिनर मिटिङको आयोजना गर्न लागेको हुन् ।
‘बैंक विरुद्धका गतिविधिले बैंकहरुलाई कस्तो असर परेको छ र सरकारले कसरी शान्तिसुरक्षाको प्रत्याभूति गराउन सक्छ लगायतका विषयमा गृहमन्त्रीले छलफल गर्नुपर्यो भन्दै बोलाएका छन्, एक सिईओले भने । मन्त्रालयमा बोलाउँदा छलफल औपचारिक हुने भएकाले गृहमन्त्री श्रेष्ठले अनौपचारिक छलफल गरेर वास्तविकता बुझ्न निजी निवासमा बोलाएको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*