नेपाल फाइनान्सको ११ लाख १६ हजार कित्ता संस्थापक शेयर १०० रुपैयाँमै बिक्रीमा, कसरी किन्ने ?

२२ असार २०८०, शुक्रबार १७:३८

काठमाडौं । नेपाल फाइनान्सले आफ्नो ११ लाख १६ हजार ६१६ कित्ता संस्थापक शेयर न्यूनतम १०० रुपैयाँका दरले बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक शेयरधनीहरुले खरिद नगरेपछि सर्वसाधारण जोसुकैले खरिद गर्न पाउने गरी संस्थापक शेयर बिक्रीमा राखिएको हो ।

उक्त संस्थापक शेयर इच्छुक जो कोही व्यक्तिले खरिद गर्न सकिने छ । खरिद गर्न इच्छुक जो कोहीले न्यूनतम मूल्यभन्दा बढी मूल्य तोकेर कम्तिमा एक हजार कित्ताको आवेदन सहित बोलकबोल पेश गर्नुपर्नेछ ।

बोलकबोल फाराम फाइनान्सको बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट सजिलै पाउन सकिनेछ भने बोलकबोल पेश गर्ने मिति साउन १२ गते सम्म तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*