साताको अन्तिम दिन निर्जीवन बीमा कम्पनीहरुको शेयर कारोबारको अवस्था कस्तो भयो ? एलटीपी सहित

२३ असार २०८०, शनिबार १२:४१

काठमाडौं । गत साताको अन्तिम दिन अर्थात बिहीबार नेप्से उपसूचक झिनो अंकले घटेर बन्द भएको छ । साताको अन्तिम दिन झिनो अंकले घटेसँगै निर्जीवन बीमा उपसूचकमा रातो पोतिएको थियो । समग्र सातामा निर्जीवन बीमा कम्पनीहरुको लागि निराशाजनक नै रह्यो ।

साता कारोबारको अन्तिम दिन ४ निर्जीवन बीमा कम्पनीको शेयरमूल्य बढ्दा आधा दर्जन बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ भने शिखर इन्स्योरेन्सको शेयरमूल्यमा कुनै हलचल आएको छैन ।
बिहीबार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक १.४३ ले बढेको थियो । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.५१, नेको इन्स्योरेन्सको ०.३४ र एनएलजी इन्स्योरेन्सको ०.१२ प्रतिशतले शेयरमूल्य बढेको थियो तर नेपाल इन्स्योरेन्स कम्पनीको १.७०, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.८५ तथा प्रभु इन्स्योरेन्सको ०.७१ प्रतिशतले शेयरमूल्य घटेको छ ।

बिहीबार राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार १४ हजार ९५६ रुपैयामा भएको थियो । नेको इन्स्योरेन्सको ८७३ र एनएलजी इन्स्योरेन्सको ८५१ रुपैयामा शेयर कारोबार भएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*