साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तको एकिकृत कारोबार आजबाट शुभारम्भ हुँदै
२४ असार २०८०, आईतवार ०६:४४

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकिकृत कारोबार आजबाट शुभारम्भ हुँदैछ ।
यी दुई कम्पनीलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले सोमबार अन्तिम स्वीकृति दिईसकेको छ । असार २४ गतेदेखि एकीकृत कारोबारमा जाने गरी यी दुई कम्पनीलाई मर्जरको स्वीकृति दिएको हो । मर्जर पश्चात् कम्पनीको नाम साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिडेट रहनेछ ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने ९मर्जर० तथा प्राप्ति ९एक्विजिशन० सम्बन्धी विनियमावली, २०७३ ९पाँचौं संशोधन, २०७९० को विनियम ११ को उप–विनियम ९७० बमोजिम दुई लघु वित्त कम्पनी मर्जरमा गई आजबाट एकिकृत कारोबार शुभारम्भ गर्दैछन् ।