घोराही सिमेन्टको आईपिओबाट धमाधम रकम फिर्ता गर्दै लगानीकर्ता

२४ असार २०८०, आईतवार १०:२९

काठमाडौं । घोराही सिमेन्टको आईपिओबाट लगानीकर्ताहरुले धमाधम रकम निकाल्न थालेका छन् । आईपिओ भनेर झुक्याई प्रिमियम मूल्यमा आईपिओ भर्न लगाएको कम्पनीले सयौं लगानीकर्ताहरुको बैंकमा रकम नभएको तथ्य खुलेसँगै विवादमा फसेको थियो ।

विवादपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपिओ सम्बन्धी सबै प्रक्रिया स्थगित गरिदिएको थियो । उक्त विवादित आईपिओ पुनः खुल्ला गर्दै लगानीकर्ताहरुलाई रकम फिर्ता लिन सक्ने सुविधा दिएसँगै उक्त सिमेन्टको आईपिओ किनेकाहरुले धमाधम रकम फिर्ता लिन बैंकमा धाइरहेका छन् ।

घोराही सिमेन्टको आईपिओ निष्काशन गर्दा यसअघि आवेदन भरेकाहरुले आज आइतबारसम्म उक्त आईपिओ रद्द गरी रकम फिर्ता गर्ने समय तोकिएको छ । सो अनुसार गत शुक्रबार धेरै लगानीकर्ताहरुले आईपिओको रकम फिर्ता गरेका थिए भने आज आइतबार पनि रकम फिर्ता गर्न बैंकमा जानेहरुको संख्या बढिरहेको छ ।

१०० रुपैयाँमा बिक्री गर्नुपर्ने आईपिओलाई घोराही सिमेन्टले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग सेटिङ मिलाएर प्रति कित्ता ४३५ रुपैयाँमा बिक्री गरिरहेको छ । अत्याधिक महंगो आईपिओमा ठूलो मात्रामा रकम फसेपछि लगानीकर्ताहरु तनावमा परी सेबोनलाई गालीगलौजमा समेत उत्रिएका थिए ।

लगानीकर्ताहरुले बैंकले रकम फिर्ता नदिएको भन्ने गुनासो समेत गरिरहेका छन् । रकम फिर्ता गर्न ग्लोबल आइएमई बैंक पुगेका एक लगानीकर्ताले बैंकका कर्मचारीहरुले रकम फिर्ता गर्ने बारेमा कुनै जानकारी नभएको भन्दै नमानेको गुनासो बीमापोष्टसँग गरेका छन् ।

One thought on “घोराही सिमेन्टको आईपिओबाट धमाधम रकम फिर्ता गर्दै लगानीकर्ता

  1. Indra says:

    Bideshma Hune Le Kasari Bank Maa Jaanu ? Mobile Bata expensive IPO Bharna Lagaune ani return / Cancealled Garna Lai Bank jaanu Parne ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*