सिनर्जी पावर कम्पनीको हकप्रद निष्काशनको लागि बुकक्लोजको मिति तय

२४ असार २०८०, आईतवार १०:३१

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि साउन १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार साउन ११ गतेसम्म कायम शेयरधनीहरुमात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले सिनर्जी पावरलाई चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति दिएको छ । जसअनुसार कम्पनीले अब ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बढीको हकप्रद जारी गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ ।

सिनर्जी पावरको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*