समयमा कर्जा चुक्ता नगरे बैंकबाट ऋण लिन र नयाँ खाता खोल्न समेत नपाउने व्यवस्था गर्दै राष्ट्र बैंक, सरकारको समेत ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले समयमा कर्जा चुक्ता नगर्ने ऋणहरुमाथि थप निगरानी गर्ने भएको छ । राष्ट्र बैंकले समयमा नै कर्जा चुक्ता नगरे त्यस सम्बन्धी थप कडाई गर्ने भएको छ।राष्ट्र बैंकले एक सूचना जारी गर्दै समयमा नै कर्जा चुक्ता नगरे ऋणीलाई कालोसूचीमा राख्नुको साथै कुनै बैंकबाट ऋण लिन र खाता खोल्न समेत नपाउने व्यवस्था गर्ने व्यवस्था लागू गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले ऋणीहरुलाई तोकिएको हदम्यादभित्र बैंकको कर्जा चुक्ता गर्न निर्देशन दिएको छ । बैंंकको कर्जा चुक्ता नगर्ने परिपाटी बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।ऋणीहरुले कर्जा चुक्ता नगर्दा बैंक वित्तीय संस्था आदिले गरेको लगानीको साँवा ब्याज उठाउन पनि धौ धौ परेको बैंकरहरुले गुनासो गरेका छन् । बैंकको खराब कर्जा ३.५ प्रतिशत माथि पुगिसकेको कारण खराब कर्जा असुल गर्न नियामक निकाय राष्ट्र बैंकले आग्रह गरेको छ ।
राष्ट्र बैंकले समयमै कर्जा नतिरे कारवाही तथा कालोसूचीमा परिने र जरिवाना तिर्नुपर्ने भएकाले कर्जा, साँवा तथा ब्याज समयमार्न तिर्न ऋणीहरुलाई आग्रह गरेको हो । समयमा नै कर्जा चुक्ता नगरे कालोसूचीमा परिने, बैंकबाट ऋण प्राप्त नहुने र खातासमेत खोल्न नपाउने समेत राष्ट्र बैंकले जनाएको छ ।
गत साता मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै वाणिज्य बैंकका सिईओहरुलाइृ आफनौ निवासमा बोलाएर यस बिषयमा विस्तृत छलफल गरिसकेको छ। बैंकिङ् क्षेत्रमा भएको अराजक गतिविधि रोक्न राज्यले सहयोग गर्ने आश्वासन समेत दिएको छ। यस बिषयमा सरकारले समेत गम्भीरताका साथ हेरेको देखिन्छ ।
Goru haru sabai crrrupted haru kai lagi niyam kanun banaune ta ho ni. janta ko heet ko lagi kam garne ta ko 6 ra