सिन्धु विकास बैंकमा दुई करोड ६८ लाख घोटाला, रकम हिनामिना गर्ने शाखा प्रमुख रुक्सनालाई अध्यक्ष राजेन्द्र श्रेष्ठको संरक्षण !

२४ असार २०८०, आईतवार १३:४९

काठमाडौ । सिन्धु विकास बैंकमा दुई करोड ६८ लाख रुपैयाँ घोटाला भएको छ । प्रहरीले सो बैंकका शाखा प्रमुख रुक्सना श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । बाह्रबिसेमा रहेको शाखा कार्यालयमा स्थापनादेखि नै कार्यरत रुक्सना श्रेष्ठलाई बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले संरक्षण गर्दै आएको स्रोतको दावी छ । राजेन्द्र श्रेष्ठ तातोपानी नाकाबाट हुने तस्करीको सेटिङ गर्ने धन्दावाल व्यक्ति हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार ग्राहकले खातामा जम्मा गर्न दिएको रकम निजको खातामा जम्मा नगरी आफ्ना आफन्तको नाममा रकम जम्मा गरेर सर्वसाधारणको पैसा दुरुपयोग गरेको आरोपमा प्रहरीले हालसम्म चार जनालाई पक्राउ गरेको हो । थप केही व्यक्ति फरार भएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको छ ।

सुरुमा एक जनाले बैंकमा मुद्दति निक्षेप बापत जम्मा गरेको रकम फेला नपरेको भन्दै प्रहरीमा पुगेका थिए । प्रहरीले गत जेठ २५ गते रुक्सना श्रेष्ठलाई पक्राउ गरेको हो । निजलाई पक्राउ गरेपनि राजनीतिक पहुँच र सेटिङमा माहिर अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सबैतिर ढाकछोप गर्दै आएका थिए ।

प्रारम्भिक रुपमा प्राप्त विवरण अनुसार हालसम्म ४२ जनाले प्रहरीमा उजुरी दिएका छन् । उनीहरुको दुई करोड ६८ लाख रुपैयाँ हिनामिना गरेको भेटिएको छ । बाँकी अनुसन्धानपछि अझै रकम थप हुनसक्ने जनाइएको छ ।

सिन्धुपाल्चोक प्रहरीले हालसम्म शाखा प्रमुख रुक्सना श्रेष्ठ, कर्मचारीहरू एलिसा बस्नेत, अस्फना श्रेष्ठ र व्यवसायी पदम बहादुर प्रधानलाई पक्राउ गरेको छ । घट्नामा संलग्न बैंकका अर्का कर्मचारी नितिका श्रेष्ठ भने फरार छिन् ।

घटनाको पोल खुलेपछि सिन्धुपाल्चोक विकास बैंकले आफ्ना छ जना कर्मचारीहरुलाई निलम्वन गरेको छ । उता, स्थापनाकालदेखि नै बाह्रबिसे शाखामा कार्यरत रुक्सना श्रेष्ठलाई अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको संरक्षण रहेपनि सिन्धुपाल्चोक प्रहरीले छानविनको दायरामा ल्याएको छैन ।

अध्यक्ष श्रेष्ठले बीमापोष्टसँग आफ्नो कुनै संलग्नता नरहेको र शाखा प्रमुख रुक्सना श्रेष्ठसँग कुनै पारिवारिक नाता समेत नभएको बताएका छन् । तर, सिन्धुविकास बैंकका कर्मचारीहरुले अध्यक्ष राजेन्द्रले नै उनलाई सुरुमा नियुक्ती गरेको र अध्यक्ष श्रेष्ठका लागि रुक्सनाले धेरै गैर कानुनी काम गर्ने गरेको दावी गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*