कुमारी बैंकका पूर्व सिईओ अनुजमणीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता, पक्राउ पूर्जी जारी नभएको र मुद्दा दर्ता मात्रै भएको बैंकको स्पष्टिकरण

२४ असार २०८०, आईतवार १४:५२

काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले कुमारी बैंकका भूतपूर्व सिईओ अनुजमणि तिमिल्सिना, तत्कालिन न्यूरोड शाखाका प्रमुख समेतले विल्वा भूमिवन प्रा.लि., डेनियल ट्रेडिङ र सञ्चालक मुक्तिनाथ गौतम र मेरलायन प्रा.लि समेतको मिलेमतोमा फर्जी धितो देखाएर एक अर्ब १० करोड ऋण प्रवाह भएको घटनामा सम्पत्ति शुद्धिकरण गरेको भन्दै यही असार २१ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

सम्पत्ति शुद्धिकरण विभागले सबैभन्दा ठूलो घोटाला काण्डको रुपमा सम्पत्ति शुद्धिकरण गरेको भन्दै मुद्दा दर्ता गरेको सम्भवतः यो पहिलो घटना हो । यस काण्डमा ११ जना विरुद्धमा विशेष अदालतमा बिगो र जरिवनासहित मुद्दा दर्ता भएको हो ।

अब कुमारी बैंकका भूतपूर्व सिईओ अनुजमणि तिमिल्सिना र ऋण लिएर खाने मुक्ति गौतमसहितले मुद्दाको सामना गर्नेछन् । सो काण्डमा अभियुक्तहरुले रकम बैंकबाट हिनामिना भएको रकमको धितो अर्कै राखेर सल्टाएका छन् । मुद्दा फैसला भएपछि फैसला बमोजिम हुनेछ ।

उता, कमारी बैंकले भने पुरानो मुद्दामा गलत प्रचार भएको जनाएको छ । पक्राउ पुर्जी जारी नै नभएको र सम्पत्ति शुद्धिकरण विभागले भूतपूर्व सिईओको नाममा मुद्दा दर्ता गरेको विषयलाई लिएर सञ्चार माध्यमहरुले भ्रमपूणर् समाचार स्रम्प्रेषण गरेको जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*